१६ चैत्र २०८०, शुक्रबार

तीव सामुदायिक नको वार्षिक साधारण सभा



धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ७ छुट्की वसन्तास्थित सामुदायिक वन उपभोक्ता समूहको मंगलबार सार्वजनिक सुनुवाई, जनलेखा परीक्षण तथा वार्षिक साधारण सभा भएको छ ।
शिव, सुइटी र खौरहुवा सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाई, जनलेखा परीक्षण तथा वार्षिक साधारण सभा भएको जनाइएको छ ।
साधारण सभामा तीन वटै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७३÷०७४ र २०७४÷०७५ को छ लाख, २९ हजार नौ सय ७६ रुपैयाँको आयव्यय प्रस्तुत भएको थियो ।
कार्यक्रममा सीएफसीसीका अध्यक्ष रामबहादुर चौधरी, रेञ्जर प्रेमबहादुर विक, सहजकर्ता निशा चौधरी, सीएफसीसीका सचिव सुनिता चौधरी, सामुदायमा आधारित चोरी सिकारी नियन्त्रण ईकाइका संयोजक कलमबहादुर चौधरी, लक्ष्मण चौधरी, लौटहुवा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष सीता चौधरी, रामपुर प्रहरी चौकी इञ्चार्ज रघुवीर खडायत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सुइटी सामुदायिक वनका अध्यक्ष जालुराम चौधरी, शिवका अध्यक्ष तुनीराम चौधरी र खौरहुवा सामुदायिक वनका अध्यक्ष लेखराम चौधरीले आ–आफ्नो सामुदायिक वनको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार