७ बैशाख २०८१, शुक्रबार

गौरीगंगा कपः नेपालगञ्ज र सुर्खेत विजयी



मसुरिया । कैलालीको गौरीगंगामा जारी बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगितामा नेपालगञ्ज ११ र सुर्खेत जिल्ला फुटबल संघले जित हात पारेका छन् ।


सोमबार भएको पहिलो खेलमा नेपालगञ्ज ११ ले पिएफए अत्तरीयालाइ ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि नेपालगञ्ज ११ ट्राइब्रेकरमा जित्न सफल भएको हो । खेलमा उत्कृष्ट प्रदसन गर्दै नेपालगञ्जलाई जित दिलाउन सफल भएका गोलकिपर प्रितम खड्का खेलको म्यान अफ द म्याच भए ।
सोमबार भएको दोश्रो खेलमा सुर्खेत जिल्ला फुटबल संघले स्पोर्टस एकेडेमी दाङलाई ३–० गोल अन्तरले पराजित ग¥यो । सुर्खेतलाई जित दिलाउने क्रममा रोशन रानामगर, प्रदिप केशी र खगेन्द्र खत्रिले १/१ गोल गरे ।
सुर्खेतका लागि राम्रो प्रदर्शन गरेका कप्तान खगेन्द्र खत्री खेलको म्यान अफ द म्याच भए । प्रतियोगिता अन्र्तगत मंगलबार पनि दुइ खेल हुने छन् । बुधबार हुने पहिलो खेलमा घोडाघोडी युबा क्लब सुख्खड र सुदूरपश्चिम ११ भिड्ने छन् भने दोश्रो खेलमा युनाइटेड युथ दाङ र मालिका चौलागाई एण्ड उत्कृष्ट ग्रुप पहलमानपुर भिड्ने छन् ।
चैत २५ गतेबाट सुरु भएको प्रतियोगिता चैत ४ गते सम्म सञ्चालन हुने छ । देशभरका १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उदयमान खेलाडीलाइ १०÷१० हजार प्रदान गरिने आयोजक कल्बका अध्यक्ष्म दिनेश कलेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार