१३ बैशाख २०८१, बिहीबार

जानकी गाउँपालिकाको चौेथो गाउँसभा शुरु



लम्की । कैलालीको जानकी गाउँपालिकाको चौथो गाउँसभा सोमबार जानकी गाउँपालिका वडा नम्बर ८ मा शुरु भएको छ ।

जानकी गाउँपालिका अध्यक्ष्य प्रदिपकुमार चोधरीको सभापतित्वमा शुरु भएको गाउँसभामा सुदुरपश्चिम प्रदेश क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रतन थापा प्रमुख अतिथी थिए । गाउ“सभा लाई सम्बोधन गर्दै प्रदेश सासंद थापाले विगतका दिनहरुमा बजेट आउदा समेत थाहा नहुने र अहिले जनताले निर्वाचित जनप्रतिनिधीले नै गाउ“पालिका तथा वडामा बजेट बाडफाड तथा वितरण गर्ने भएकाले सम्पुर्ण गाउवासी वडावासी तथा जनप्रतिनिधी स्वयम चनाखो भई जनताका हितमा काम गर्नुपर्ने बताए ।
उनले मानिसहरुभित्र रहेको लोच, लालच र पाप हटाई आफुसंग जे छ त्यसैमा सन्तुष्ट रहे मात्रै जनअपेक्षा अनुसार कामगर्न सकिने बताए । जनताको सेवाकालागी जनप्रतिनिधी निर्वाचित भएकाले सिहदरबारको अधिकार गाउगाउ भन्दा पनि जनताको घरघरमा सेवा सुविधा पुगाए मात्र जनतालाई स्थानिय सरकार आएको महशुस हुने बताए ।
उनले प्रदेश सरकारको अवधारण समेत नया भएकाले धेरै ऐन नियमका कुराहरु प्रदेश सरकार र स्थानीय सरकारसंग बाझिन पुगेको बताए । उनले आफनो निर्वाचान क्षेत्र अन्तरगत जानकी गाउपालिकाका वडा नम्बर २,५,८ र ९ पर्ने भएकाले यी वडाहरुमा प्रदेश सरकारबाट करिब ४ करोड बाराबरको बजेट विनियोजन गरेको जनाए ।
सासंद थापाले गाउपालिकाको समग्र विकासका लागि जनप्रतिनिधी कर्मचारी र जनता सबै एकजुट भएर अघि बढे मात्र काम गर्न सहज बताए ।
कार्यक्रममा जानकी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्राईले आफु सामाजिक सेवका लागि नै आएकाले जानकी गाउपालिकामा आएदेखि जनताको कुनै किसिमको कामलाई बाधा नपुग्ने गरी जनताका काम सम्पादन गर्दे आएको र आफुले सरकारको ऐन नियम विधि विधानमा रहेर हरबखत काम गर्न तयार रहेको समेत बताए ।
उनले गाउपालिकामा बनेका निति कार्यक्रम कानुन लाई कार्यनन्वयन गर्न सदैब तयार रहेको र प्रकृया पुगेर आएका कुनै पनि जनताको कामलाई कर्मचारीबाट नरोकिएको समेत प्रष्ट पाए ।
नेपाल कमन्यिुष्ट पाटीका कृष्ण सोडारीले गाउँपालिकाबाट विगतमा साविक गाउ विकास समितिबाट सम्पादन भएका पशु नश्ल सुधार जस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उनले स्थानीय सरकार गठन पश्चात जनताको अधिकार तथा जनचहाना पुरा हुने आशामा बसेका जनतामाथि अन्याय भएको बताए । उनले जनप्रतिनिधीले जनताका अधिकारलाई खोसेको र विकास हुदा विनासलाई न्युनिकरण गर्देअघि बढनुपर्ने बताए ।
नेपाली कंग्रेसका प्रतिनिधी नमराज उपाध्यायले गाउगाउमा सिहदरबारको अधिकार भनेपनि जनतालाई त्यो महशुस नगरेको बताए । समाजवादी फोरका प्रतिनिधी दिनेश थारुले जानकी गाउपालिकामा थुप्रै समस्य भएकाले सम्पुर्ण समस्यालार्ई गाउ सभाबाटै समाधानका लागि पहल गर्नुपर्ने बताए । उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद रेश्मलाल चौधरीको गाउ सभा बाट रिहाईको माग समेत गरे ।
सभामा वडा नम्बर १ का वडा अध्यक्ष धनिराम चौधरी, ३ का अध्यक्ष प्रदिप कुमार शाह, ५ काअध्यक्ष भिम थारु, ७ का अध्यक्ष लक्ष्मण चौधरी र वडा नम्बर ९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीले सम्बोधन गरेका थिए । अधिकांशंवडा अधयक्षहरुले स्थानीय तह र प्रदेश सरकारका निति नियम बाझिएकाले काम गर्न गह्रो भएको बताए ।
उनीहरुले लम्की टिकापुर सडक खण्ड र सिमा विवाद लगायतका विषयमा प्रदेश सासंद थापालाई ध्यानकार्षण गराए । उनीहरुले कर्मचारी व्यस्थापन नहुदा कामगर्न निकै गह्रो भएको बताए ।
गाउ सभामा गाउसभा सदस्यहरुको तर्फबाट जानकी गाउपालिका वडा नम्बर ३ का सदस्य भावना विक र दशरथ लाल डगौरा, गाउकार्यपालिकाको तर्फबाट सोमती कठरिया र संघसंस्थाको तर्फबाट बाल कल्यण संघ टिकापुरका खुशीराम चौधरीले बोलेका थिए । जानकी गाउपालिकाकी उपाध्यक्ष उमा महतोले स्वागत गरेको कार्यक्रम सञ्चालन प्रशासन शाखाका मेवालाल चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार