१५ चैत्र २०८०, बिहीबार

दलित सहभागिता सहितको प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन गर्न माग



धनगढी । दलित साहित्य सोपानले सुदूरपश्चिम प्रदेश सरकारसंग दलित सहभागिता सहितको प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन गर्न माग गरेको छ ।

सोपानले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएर दलित प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन गर्दा दलित सहभागिता सुनिश्चित गर्न माग गरेको हो । सोपानका अध्यक्ष गणेशबहादुर नेपाली लगायतका व्यक्तिले हस्ताक्षर गरी सोमबार बुझाएको ज्ञापन पत्रमा प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा दलित समुदायको पहु“च बढाउन हरेक आर्थिक वर्षमा दलित समुदायका लागि बजेट छुट्याउन माग गरिएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको विषयमा अध्ययन अनुसन्धान गर्न चाहने दलित विद्यार्थीलाई विश्वविद्यालयमा छात्रवृत्तिको व्यवस्था गर्न र लोक संस्कृति संग्रहालय स्थापना गर्न सोपानले माग गरेको छ । विद्युत विना चल्ने पंखा आविस्कार गरेका स्व. लालबहादुर विश्वकर्माको स्मृतिमा बैज्ञानिक लालबहादुर विश्वकर्मा स्मृति प्रतिष्ठान स्थापना गर्न र प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका श्रष्टाहरुलाई सम्मान र पुरस्कार दिंदा दलित श्रष्टालाई पनि समेट्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार