७ बैशाख २०८१, शुक्रबार

स्थानीय तह कर्मचारी संघको कार्यसमिति गठन



धनगढी । स्थानीय तह कर्मचारी यूनियन नेपाल, कैलालीको अध्यक्षमा मेम्बर सिंह चुनिएका छन् ।
युनियनको आइतबार भएको प्रथम अधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।
समितिको महिला उपाध्यक्षमा कमला चन्द, उपाध्यक्षमा खगेन्द्र साउद, कोषाध्यक्षमा विमल कुमार ओझा, सचिवमा चन्द्र सिंह कामी तथा सदस्यहरुमा पूर्ण प्रसाद जोशी, तुलसी चौधरी, बलराम चौधरी, शेरबहादुर बडायक, नविन पनेरु, तिर्थबहादुर बोहरा, भरतबहादुर शाह, थमराज जोशी, अशोक कुमार जोरी र राजेन्द्र भण्डारी रहेका छन् ।
यसअघि अधिवेशनको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरेका थिए ।
अधिवेशन स्थानीय निकाय कर्मचारी यूनियन सुदूरपश्चिम संयोजक दाताराम जोशीको अध्यक्षतामा भएको थियो ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेस कैलालीका अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह, नेपाल निजामती कर्मचारी यूनियनका सुदूरपश्चिम संयोजक नारायण प्रसाद शर्मा, स्थानीय निकाय कर्मचारी यूनियनका केन्द्रिय सदस्य हरि प्रशाद भट्ट, धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार