विन्दास निरिषा

प्रकाशित मिति :

निरिषा बस्नेत बाहिर हेर्दा जती विन्दास छिन्, उतै नै भावूक पनि छिन् । सानो–सानो कुरामा उनको आँखाबाट आँशु बग्छ । उनै, निरिषा बस्नेत मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ ।यो चलचित्रका लागि निरिषाले निकै मिहिनेत पनि गरेकी छिन् । निरिषा यो चलचित्र जसरी पनि चल्नुपर्ने दाबी गर्छिन् । ‘जानी–नजानी’मा काम गरेकी निरिषाको पहिरन पनि निकै खुलेका हुन्छन् । निरिषा यसलाई सामान्य मान्छिन् । उनी, चैत्र १ गतेबाट रिलिज हुने चलचित्र दर्शकले मन पराउनेमा विश्वस्त छिन् ।

    Comment Here!