१६ चैत्र २०८०, शुक्रबार

सुटगढीद्वारा रक्तदान तथा फलफूल वितरण



धनगढी । धनगढीस्थित मोर्डन तयारी पोशाक सुटगढीले आफ्नो स्थापनाको १२ औं बार्षिकोत्सबको अवसरमा रक्तदान तथा फलफूल वितरण गरेको छ ।

आइतबार एलएन चोकमा गरिएको रक्तदानमा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सेना, सहायक प्रजिअ जनकराज भट्ट लगायत २१ जनाले रक्तदान गरेका थिए ।

साथै आइतबार नै बार्षिकोत्सबको अवसरमा सेती अंचल अस्पतालका बिरामी र तारानगरमा रहेको आमाको माया छात्रबासका बिद्यार्थीहरुलाई फलफूल समेत वितरण गरिएको छ ।

बार्षिकोत्सबमा केक काटेर उदघाटन गर्दै प्रजिअ श्रेष्ठले सुटगढीले नाफा मात्रै नहेरी सामाजिक उत्तदायित्व अन्र्तगत सामाजिक काम गरेकोमा प्रशंसा गरे । सुटगढीका संचालक हिक्मत दर्जीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश दर्जीले गरेका थिए । संचालक दर्जीले सामाजिक सेवा अन्र्तगत रक्तदान र फलफूल वितरण गरिएको बताए ।

सुटगढीको धनगढी संगै महेन्द्रनगर र काठमाडौमा पनि शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार