१२ बैशाख २०८१, बुधबार

आदर्श सामुदायिक विद्या मन्दिरको वार्षिकोत्सव



बर्दगोरिया । बर्दगोरिया गाउपालिका वडा नम्बर २, बौनियास्थित आदर्श सामुदायिक विद्यामन्दिरको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भएको छ ।
वार्षिकोत्सवको प्रदेश सभा सदस्य नन्दबहादुर साउदले उद्घाटन गरे । कार्यक्रम विद्यालयका संस्थापक केशव ढकालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवतीदेवि डगौराथारु, नेकपा नेता लालबहादुर सोडारी, बर्दगोरिया गाउपालिका शिक्षा शाखाका निरिकनन्द लालकर्ण, महुन्याल माविका प्रधानाध्यापक चन्द्रिका जोशी, असाहयका लागि सहयोगि हातहरुका अध्यक्ष बलबहादुर बिष्ट लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार