१६ चैत्र २०८०, शुक्रबार

ग्रामीण विद्युत सहकारीको वार्षिक साधारण सभा



बौनिया । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मुडामा शनिबार सिर्जनशील ग्रामीण विद्युत सहकारीको वार्षिक साधारण सभा भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष सुशील शाहीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष घमन सापकोटा, मुडा बजार विकास समितिका अध्यक्ष मिथुन गौतम, संस्थाका पूर्व अध्यक्ष भक्तराज आचार्य ,इन्द्रेणी युवा क्लवका अध्यक्ष मंगलबहादुर शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा संस्थाका सचिव देवानन्द जोशीले आर्थिक वर्ष २०७५/०७६ को नौ लाख रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार