११ बैशाख २०८१, मंगलवार

परीक्षा सामग्री हस्तान्तरण



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाकाले नगर स्तरीय परीक्षा संचालनको लागि केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणका साथै परीक्षा सामग्री हस्तान्तरण गरेको छ ।
फागुन २७ गतेदेखि कक्षा ५ र ८ को नगर स्तरीय परीक्षा संचालनको हुन लागेको छ । नगर स्तरीय परीक्षा संचालनको लागि २२ वटा केन्द्र निर्धारण गरिएका छन् ।
नगर स्तरीय परीक्षामा कक्षा ५ मा दुई हजार छ सय ७७ जना र कक्षा ८ मा दुई हजार तीन सय ५४ गरी पांच हजार ३१ जना बिद्यार्थी परीक्षामा सहभागि हुने नगर शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार