१३ बैशाख २०८१, बिहीबार

ठेकेदारले उखेले सौर्य वत्ती



डोटी । दिपायलमा जडान गरिएका सोलार (सौर्य बत्ती) हरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न सुरु गरेका हुन् ।

सरकारी अनुदानमा ठेकेदार कम्पनी मर्निङ सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाउन लागेको ठेकेदार वेदप्रकाश कठायतले बताए । उनले भने, ‘दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका ७ बत्तीको दिनुपर्ने ७ लाख रुपैया“ लामो समय बित्दा पनि नदिएपछि हटाउन थालेका हौ“ ।’
तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले यो कम्पनीस“ग सोलार राख्नेबारे सम्झौता गरेका थिए ।
त्यतिबेला रकम भुक्तानी नभएको र उनी सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने अवस्थाले रकम नदिएको दिपायल सिलगढी नगरपालिकाका अहिलेका नगरप्रमुख मञ्जु मलासीले बताइन ।
उनले भनिन, ‘समयमै काम सम्पन्न नगरी बिल भरपाइ नदिएकाले त्यो बेला भुक्तानी दिएन, अहिले हामीसँग रकम छैन कहाँबाट दिने ?’ डोटी उद्योग वाणिज्य संघस“ग २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य संघले त्यो काम २०७३ फागुन ६ गते मर्निङ सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।
कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि बा“की रकम उद्योग वाणिज्य संघलाई नै नगरपालिकाले नदिंदा ठेकेदारलाई दिन नसकिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए ।
ठेकेदारले जडान गरेका बत्ती हटाउन लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका स्थानीय दुखी भएका छन् ।
स्थानीय रामबहादुर विष्टले भने, ‘बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।’ यसबारे डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरे ।
उनले भने, ‘नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौ“ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार