१६ चैत्र २०८०, शुक्रबार

सरकार र सिकेबीचको सम्झौता गम्भीरः थापा



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताले गम्भिर आशंका पैदा गरेको बताएका छन् । अध्यक्ष थापाले शुक्रबार राउतले सरकारस“ग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत ‘मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने’ कुरा लेखेकाले झनै शंका उब्जाएको बताए ।


‘सम्झौताको भाषा विवादास्पद छ । एक्कासी रहस्यमय ढंगबाट भएको सम्झौता डरलाग्दो र शंकास्पद देखिएको छ’ राप्रपाको मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्र्तगत शनिबार धनगढीमा आयोजित कोणसभामा अध्यक्ष थापाले भने– सरकारले तुरुन्तै आफ्नो धारणा जनतासमक्ष स्पष्ट पार्नुपर्छ ।
उनले राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय अखण्डतामा विभाजन ल्याउने खालका कुनै पनि गतिविधी स्वीकार्य नहुने बताए ।
उनले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्बभौमसत्ता जनमत संग्रह वा आवधिक चुनाव कुनै पनि प्रक्रियाबाट परिवर्तन वा संशोधन हुन नसक्ने बताए । उनले भने– विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधारको अन्त्य नभएसम्म एक समुहको निर्णयको अर्थ रहदैन ।
बिखण्डन परित्याग स्वागतयोग्य भए पनि संवेदनशिल बिषयमा सरकारले जनतालाई आश्वस्त पार्नु पार्ने उनको जिकिर थियो ।
फाुगन १५ गते ताप्लेजुङको पाथिभराबाट सुरु भएको राप्रपाको राष्ट्रिय स्वभिमान यात्रा शनिबार कैलाली पुगेको हो । कैलालीको कैलारी गाउ“पालिकामा आयोजित आमसभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए । हिन्दू राष्ट्र पुनस्र्थापना, राजसंस्था र संघीयताका विषयमा जनमत संग्रह लगायतका मुद्दा उठाएर स्वाभिमान यात्रा सुरु गरिएको राप्रापाले जनाएको छ ।
‘हामीले फागुन ७ गते सरकारलाई यिनै माग सहितको २२ बु“दे ज्ञापनपत्र समेत बुझाएको छौं’ अध्यक्ष थापाले भने– फागुन मसान्तसम्म यी मागहरुका विषयमा कुनै पहल नभए चैतदेखि जनसंघर्षको कार्यक्रम अघि सार्नेछौं । । उनले जनसंघर्ष कुनै पनि पार्टी वा धर्म विरुद्ध नरहेको बताए । अध्यक्ष थापाले भने– संविधानको पूर्ण पालना गर्दै शान्तिपुर्वक जनसंघर्ष अभियान गरिने छ । उनले गलत राजनीतिक अभ्यासका कारण देश संकटमा रहेको बताए ।
अध्यक्ष थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दुराष्ट्र समाप्त पारिएको दाबी गरे । भने– शान्ति प्रक्रियाका नाममा राजतन्त्र र हिन्दुराष्ट्र समाप्त पारियो । अहिले नयाँ ढंगबाट माओवादी अशान्ति फैलाईरहेको छ । यस्तै हो भने शान्ति प्रक्रियाको के औचित्ये रहयो ?
एकअर्काे प्रसंगमा उनले निर्मला पन्तको दोषी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको टिप्पणी गरे । उनले भने– निर्मला बलात्कार तथा हत्या घटनामा शक्ति र पहुँचवालाको संंलगनता भएकोले सरकार निरीह भएको हो । शक्ति र पहु“चको आधारमा दोषी जोगाउन सरकार लागेको हो भने यो निकै दुर्भाग्यपूर्ण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार