७ बैशाख २०८१, शुक्रबार

सांसद् बोहराले गरे ५१ वर्षको उमेरमा विवाह



धनगढी । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन् । वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा शनिबार दार्चुलाकै सुनिता तिङकरीस“ग वैवाहिक बन्धनमा बा“धिएका हुन् ।


सौका समुदायमा जन्मिएका प्रदेशसभा सदस्य बोहरा र तिंकरीको कञ्चनपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको विष्णु मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह भएको हो । दुवैजनाको पारिवारिक सल्लाह अनुसार विवाह भएको हो । स्व.रायमल बोहरा र विरामदेवी बोहराको कान्छो पुत्रका रुपमा २०२४ सालमा जन्मिएका बोहराका दुई दाजु र दुई बहिनी छन् ।
२०७० सालदेखी सक्रिय राजनीतिमा आएका बोहरा दार्चुलाको क बाट नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । तत्कालीन नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका बोहराले दार्चुला सदरमुकाम खलंगामा रहेको तत्कालीन महेन्द्र हाइ स्कुलबाट एसएलसी र मानविकी संकायमा १२ कक्षा सम्म अध्ययन गरेका थिए ।

दार्चुलामा सामाजिक अभियान्ताको रुपमा परिचित बोहराले करिब २० वर्ष सम्म विद्युत प्राधिकरणमा समेत जागिर गरेका थिए । बोहराले दार्चुला उद्योग वाणिज्य संघको उपाध्यक्ष भएर समेत काम गरिसकेका छन् । यस्तै उनीसँग वैवाहिक जीवनमा बा“धिएकी सुनिता तिंकरीले पनि दार्चुलाबाटै एसएलसी सम्मको अध्ययन गरेकी छन् । उनी दार्चुलामै व्यापार गर्दै आएको बोहराको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार