१२ बैशाख २०८१, बुधबार

शान्तिलाई राष्ट्रिय नारी सम्मान २०७५



धनगढी । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नागरिक एकता समाज, काठमाडौंले शुक्रबार विभिन्न क्षेत्रमा योगदान पुगाएका नारीलाई सम्मान गरेको छ ।

सो अवसरमा प्रदेश तीनका प्रमुख अनुराधा कोइरालाले विभिन्न क्षेत्रमा योगदान पुगाएका महिलालाई सम्मानपत्र वितरण गरिन् ।
यस क्रममा धनगढीकी शान्ति अधिकारी क्षेत्रीले राष्ट्रिय नारी सम्मान, २०७५ प्राप्त गरेकी छिन् । २५ वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील अधिकारी धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसचोक स्थित एरिष्टो इङ्लिस स्कूलकी प्रबन्ध निर्देशक हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याउने नारीलाई सम्मान गर्नुका साथै “बढ्दो महिला हिंसा न्यूनीकरणमा सरकार र नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार