१३ बैशाख २०८१, बिहीबार

नारी दिवसका अवसरमा सहारा घरलाई सहयोग



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सामुदायिक बन महासंघले परिवारिक निजि बन संघ तथा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आर्थिक सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच सामुदायिक महासंघले २८ हजार पाँच सय र बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको मडेनिया सामुदायिक बन उपभोक्ता समुहबाट सात हजार एक सय रुपैया सहयोग गरियो । मड्रेनिया सामुदायिक बनका अध्यक्ष हरिराम चौधरीले नगद सहयोग गरेका हुन् ।
सहयोग वितरण कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा वडा नम्बर २ का अध्यक्ष भेखुराम चौधरी, बर्दगोरिया गाउपालिका स्तरिय बन महासंघका उपाध्यक्ष टंक ओली, वडाध्यक्ष करने सुनार, महासंघका प्रदेश सचिव टेकबहादुर थापा, परिवारिक निजि बन संघ नेपालका केन्द्रिय सदस्य निल गगन सिंह, राजकुला सामुदायिक बन समुहका अध्यक्ष पदम बुण्थापा, पिरुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जानकी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम महासंघका जिल्ला सचिव हेमा बोहराले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार