१२ बैशाख २०८१, बुधबार

सबैको भाषा र संस्कृतिको सम्मान आवश्यकः मुख्यमन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैको संस्कृति र भाषाको सम्मान आवश्यक रहेको बताएका छन् ।


‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो’ शुक्रबार धनगढीमा नेवाः दय दवूले आयोजना गरेको बृहत सांस्कृतिक प्रदर्शनी, अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– सबैको धर्म, भाषा, संस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक छ । यसले नै सामाजिक सद्भाव र एकता सुनिश्चित हुन्छ ।
मुख्यमन्त्री भट्टले पछिल्लो समय अधिका“स जातीको भाषा, संस्कृति लोप हु“दै गएको चर्चा गरे । भने– सबैका भाषा, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि प्रचारप्रसार तथा जनचेतनामुलक कार्यक्रम आवश्यक छ । उनले नेपालीहरुको संस्कृति, भेषभुषानै राष्ट्र समृद्धिको आधार भएको बताए ।
नेवाः दय देवूका केन्द्रीय अध्यक्ष दीपेन्द्र कुमार कायस्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रणबहादुर रावल, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेवाः दय देवू सुदूरपश्चिम समितिका उपसंयोजक विजयलक्ष्मी महर्जन (श्रेष्ठ) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन मिलन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार