१२ बैशाख २०८१, बुधबार

मुनीदेवी दमाई सम्मानित



धनगढी । राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीले नारी दिवसको अवसर पारेर बोक्सीको आरोप खेपेकी मुनीदेवी दमाईलाई सम्मान गरेको छ ।

संघले शुक्रबार धनगढी–१२, जुगेडास्थित उनकै घरमा दलित महिलाको सवाल र अधिकारी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरी दमाईलाई सम्मान गरेको हो । दमाईलाई पूर्व सभासद् हरि श्रीपाइलीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा पूर्व सभासद् श्रीपाइलीले राज्यले दलित समुदायको विकास र अधिकारका लागि विशेष ध्यान दिनुपर्ने बताए । दमाईले सम्मानित भएपछि आफू उत्साहित भएकी बताइन् ।
संघका जिल्ला अध्यक्ष चक्र विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अलित अधिकारकर्मी अमृता विक, मनमाया विक, चन्द्रबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नारी दिवसको अवसरमा कैलालीको धनगढीमा शुक्रबार ¥याली प्रदर्शन गरिएको छ भने चुरे र जानकी गाउँपालिकाले प्रत्येक वडामा नारी दिवस कार्यक्रम आयोजना गरी १०९ औं श्रमिक महिला दिवस मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार