१३ बैशाख २०८१, बिहीबार

अपहरणमा परेकी सांसद् थापा मुक्त



धनगढी । विप्लव कार्यकर्ताद्वारा अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल थापा अपलहरणमुक्त भएकी छन् ।

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सांसद् थापालाई अपहरण गरी सोधपुछपछि केदारस्यु गाउँपालिका–५, पाउटामा छाडेका हुन् । अपहरणमा परेकी सांसद् थापालाई प्रहरीले पाउटामा फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । उनलाई बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धिताल लगायतको प्रहरी टोलीले सदरमुकाम ल्याएर सुरक्षा दिएको छ ।
बिहान अपहरणमा परेकी सांसद् थापालाई विप्लव कार्यकर्ताले पाउटामा साँझ ४ बजे छोडेका थिए । सांसद् थापासंग महिला अधिकार र कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
बुंगल नगरपालिकाको बीचगडाबाट चिरवित्थड गाउँपालिकामा आयोजना गरिएको नारी दिवस कार्यक्रममा सहभागी हुन गइरहेको बेला सांसद् थापालाई विप्लबका कार्यकर्ताले अपहरण गरेका थिए । बागथला र देउराको बीचको कोइराला खोलाबाट बिहान नौ बजेतिर २०÷२२ जना विप्लबका कार्यकर्ताहरूले सांसद् थापाको आँखामा कालोपत्ति बाँधेर जवरजस्ती लगेको थियो ।
सांसद् थापाका सहोदर भाइ भरत मल्ल विप्लव नेतृत्वको नेकपाका बझाङ जिल्ला ईञ्चार्ज छन् । भने उनका बुवा धनबहादुर मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् ।
सांसद् थापा बझाङको निवार्चन क्षेत्र २ (२) बाट तत्कालीन माओवादी केन्द्रको उम्मेद्वार भई प्रत्यक्ष निर्वा्चित भएकी थिइन् ।
यद्दपि, विप्लव नेतृत्वको नेकपा सेती ब्यूरोले एक विज्ञप्ति प्रकाशित गरी सांसद् मल्ललाई आफ्नो पार्टीले अपहरण नगरेको जनाएको छ । सेती ब्यूरो ईञ्चार्ज सिकन्दरले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो पार्टीको संलग्नता नरहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारः प्रदेश सांसद् देवकी मल्ल थापा विप्लब समूहद्वारा अपहरित

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार