१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सांसद् देवकी मल्ल थापा विप्लब समूहद्वारा अपहरित



धनगढी । सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल थापालार्इ बझाङबाट शुक्रबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अपहरण गरेको छ ।

बुगल नगरपालिकाको बीचगडाबाट चिरवित्थड गाउँपालिकामा अायाेजना गरिएको नारी दिवस कार्यक्रममा सहभागी हुन गइरहेको बेला केदारस्यु गाउँपालिका ४ सैन्स्युबाट सांसद् थापालार्इ विप्लबका कार्यकर्ताले अपहरण गरेका हुन् । बागथला र देउराकाे बीचकाे काेइराला खाेलाबाट बिहान नाै बजेतिर २०/२२ जना विप्लबका कार्यकर्ताहरूले सांसद् थापाको अाँखामा कालाेपत्ति बाँधेर जवरजस्ती लगेको स्राेत बताएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद् थापाको खाेजीका लागि प्रहरी परिचालन  गरिएको बताए ।  फोन सम्पर्क नहुने क्षेत्रमा भएकाले प्रहरी त्यस तर्फ पठाइएकाे छ ।

बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जाेशीले सांसद् थापा प्रहरीको सम्पर्कमा अाएको बताए । विप्लव समूहले सांसद् थापालार्इ सैनपसेलामा राखेको बताए । तर उनलार्इ विप्लव समूहले  अपहरणमुक्त भने नगरेको  सहायक प्रमुख जिल्ला अधिकारी जाेशीले बताए ।

सांसद् थापाका सहाेदर भाइ भरत मल्ल विप्लव नेतृत्वको नेकपाका बझाङ जिल्ला र्इञ्चार्ज छन् । र्इञ्चार्ज मल्लले भने पनि सांसद् अाफ्नाे पार्टीको नियन्त्रणमा रहे नरहेको कुनै जानकारी अाफूलार्इ थाहा नभएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी जाेशीले सांसद् थापा प्रहरीको सम्पर्कमा अाएपनि अपहरण गर्नुको कारण नखुलेकाे बताए ।

सांसद् थापा बझाङको निवार्चन क्षेत्र २ (२) बाट तत्कालीन माअाेवादी केन्द्रको उम्मेद्वार भर्इ प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार