१२ बैशाख २०८१, बुधबार

निर्मला हत्याकाण्डः प्रहरीहरुसंग बयान लिन शुरु



कञ्चनपुर । प्रमाण नष्ट गरेको र पीडित परिवारलाई यातना दिएको आरोपमा उजुरी परेका प्रहरीहरुस“ग जिल्ला अदालत कञ्चनपुरले बयान लिन सुरु गरेको छ ।


पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (पदबाट बर्खास्त एसपी) डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरेका हुन् ।
सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरीविरुद्ध छुट्टाछुट्टै मुद्दा बुधबार अदालतमा दायर भएको हो ।
उजुरी परेका आठजना प्रहरीमध्ये तत्कालीन एसपी डिल्लीराज विष्ट र सीआईबीका डीएसपी अंगुर जिसीबाहेक अन्य ६ जना प्रहरी अदालतमा उपस्थित भएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी कृष्णदत्त भट्टले बताए ।
तत्कालीन एसपी विष्टसहित जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, जिप्रका कञ्चनपुरका इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध अनुसन्धानका क्रममा यातना दिएको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चा“दनी साउदविरुद्ध प्रमाण नस्ट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
उनीहरुविरुद्ध हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र पक्राउ परेका अभियुक्तलाई यातना दिएको अभियोगसहित मुद्दा दर्ता गरिएको उनले बताए । अदालतमा उपस्थित भएका प्रहरीस“ग अदालतले बयान लिइरहेको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी कृष्णदत्त भट्टको भनाइ छ ।
यता, प्रहरीले भने एसपी विष्ट र डीएसपी जिसी सम्पर्कमा नआएको भन्दै जिल्ला अदालतमा हाजिर गराउन नसकेको जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, की १३ वर्षीया बालिका निर्मला पन्तको गएको साउनमा बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार