१६ चैत्र २०८०, शुक्रबार

महिला हिंसा रोक्न सहकार्य



धनगढी । महिला हिंसा रोक्नका लागि सरोकारवाला निकायहरुवीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागिले दोहोराएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले बिहिबार धनगढीमा गरेको कार्यक्रममा सहभागीहरुल हिंसा पीडित महिलाको सुरक्षा र पुनस्र्थापनामा सबैले समन्वयात्मक तरिकाले काम गर्नुपर्ने चर्चा गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले कानुन कार्यान्वयनको पाटो भन्दा पनि सामाजिक मान्यतालाई परिवर्तन गर्न सकेमा समाजमा हुने महिला हिंसाका घटना न्यूनीकरण गर्न सकिने बताए ।
कार्यक्रममा कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले महिला हिंसा न्यूनीकरणका लागि महिला आफै जागरुक हुनुपर्ने बताए । ‘समाजमा महिलाहरु कहि न कहि महिलाका कारण पनि पीडित भएको देखिएका छन्’ उनले त्यसका लागि महिलाहरु सबैभन्दा बढी सचेत हुन आवश्यक भएको बताए ।
पछिल्लो तथ्यांक अनुसार समाजमा सबैभन्दा बढी महिला पीडित हुने गरेको इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बताए । उनले महिला पुर्नस्थापना केन्द्र नहु“दा समस्या हुने गरेको धारणा व्यक्त गरे ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक झंकर रावलले मानव अधिकारको संरुक्षणका लागि कुनै एक निकाले गर्न नसक्ने धारणा व्यक्त गरेका थिए ।
उनले सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत बढी महिला हिंसा घट्ना हुने रहेको बताएका थिए । कानुन बलियो भए पनि कार्यान्वन गर्ने निकाय कमजोर हुँदा महिला हिंसाका घट्ना बढको उनेको ठहर रहेको छ ।
त्यस्तै, १०९ औं अन्तराष्ट्रिय महिला दिवशको पूर्वसन्ध्यामा धनगढी उपमहानगरपालिकाको न्यायीक समितिद्वारा बिहीबार जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
उपमहानगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक सुशिला मिश्र भट्टका अनुसार कार्यक्रममा अन्तरक्रिया, बिवाह र जन्म दर्ता सम्वन्धी सन्देश दिने नाटक तथा गितहरु प्रस्तुत गरिएको थियो ।
न्यायीक समिति संयोजक मिश्रले हिंसा सहेर बस्ने गरेका कारण पनि महिलामाथि बढी हिंसा भैरहेको बताईन ।
अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले अहिले पनि महिलाहरुमा नेतृत्वको विकास हुन नसकेको बताए ।
कार्यक्रमा ब्यक्तिगत घटना दर्ताको महत्व र शान्ति समितिको भूमिकाका बारेमा सडक नाटक प्रस्तुत गरेको यूवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले बताए ।
अन्तरक्रिया कार्यक्रममा कानुन व्यवसायी डाक्टर जानकी तुलाधरले महिला हिंसाको अबस्थाका बारेमा प्रस्तुतीकरण गरेकी थिईन ।

यसैगरी, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा बिहीबार १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला जोशीले उद्घाटन गरिन् । कार्यक्रम प्रतिष्ठानका कोषाध्यक्ष कमला भट्टराईको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा महिला अधिकारकर्मी शारदा निरौलालाई सम्मान गरिएको थियो । त्यस्तै, सिद्धबाबा हार्डवेयर अत्तरिया र सितारा ट्रेडिङ्ग अत्तरियालाई पनि सम्मान गरिएको थियो ।
समारोहमा गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत र नवजीवन सहकारी संस्थाका सञ्चालक डाक्टर टिएन जोशी, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लीलाधर बास्कोटा, अन्तर महिला सञ्जालका अध्यक्ष शोभा रावल, महिला अधिकारकर्मी ईश्वरा आचार्य, प्रतिष्ठानका उपाध्यक्ष डम्बर उपाध्याय र कुमार निरौला लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन संस्थाकी महासचिव गोमा ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार