१६ चैत्र २०८०, शुक्रबार

वस्ती छिरेको चितुवा नियन्त्रणमा



धनगढी  । कैलालीको टीकापुरको एउटा वस्तीमा बिहीबार बिहान छिरेको चितुवा नियन्त्रणमा आएको छ ।

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकसहित प्रहरी टोली तथा वर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीहरुको लगातारको प्रयासपछि सांझ चितुवा नियन्त्रणमा आएको जनाइएको छ ।
दिनभरि टीकापुरमा अातंक मचाएकाे चितुवालार्इ सुरक्षाकर्मीहरुले  बेहाेस बनाउने सिर्इ लगाएर नियन्त्रणमा लिएको टीकापुर प्रहरी प्रमुख शिवबहादुर सिंहले बताए । ‘एक सर्ट गोली हान्दा पनि चितुवा नियन्त्रणमा आएन” उनले दोस्रो प्रयासमा बल्ल नियन्त्रणमा आएको बताए ।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार बिहीबार बिहान ८ बजे बस्तीमा प्रवेश गरेको चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट प्रहरी जवान सहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालयका प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र शेरबहादुर बिक घाइते भएको प्रहरीले जनाएका छ ।
बिहान आठ बजे कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १, ब्लक नम्बर ९ स्थित खड्ग मेमोरियल बोर्डिङ स्कुल नजिक चितुवाले आक्रमण गर्दा प्रहरी जवान धिताल घाइते भएका थिए । त्यस्तै, दिउंसो सम्राट र ८० वर्षीय शेरबहादुरमाथि आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट बच्न भाग्दै गरेका यादव भट्टचनलाई पनि सामान्य चोट लागेको छ । आक्रमणबाट घाइते तिनै जनाको टीकापुर अस्पतालमा उपचार भएको छ ।
‘चितुवा आएको थाहा पाएपछि वन कार्यालयलाई खबर गर्नुका साथै चितुवालाई घेरामा राख्न निर्देशन दिएको थिए, स्थानीयले ढुगां हानेपछि भाग्ने क्रममा आक्रमण ग¥यो’ नायव उपरीक्षक सिंहले भने ।
सो चितुवा कहा“बाट आयो भन्ने बारे थाहा हुन सकेको छैन । शहरमा चितुवा पसेपछि उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्याालयको सव डिभिजन लम्कीबाट टोली टीकापुर आएको थियो ।
‘प्रहरी टोलीले चितुवालाई चारै तिरबाट घेरेको थियो । चितुवा आक्रमक बन्दै गएकोले नियन्त्रणमा लिन समय लाग्यो’ उनले भने ।
उता, बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटबाट जिउदै चितुवाको बच्चालाई समातेर डिभिजन वन कार्यालय बैतडीलाई बुझाईएको छ । बाख्रा गोठमा आएको चितुवाको बच्चालाई स्थानीय प्रताप टमाटाले समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएको हो ।
स्थानीयले नियन्त्रणमा लिएको करिब डेढ–दुई महिनाको चितुवाको बच्चालाई जिल्ला वन कार्यालयमा लगिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रामकुमार चौधरीले बताए ।
बैतडी जिल्लामा दुई–तीन महिनाको अन्तरालमा चितुवा मृत तथा पासोमा परेर मर्ने गरेका छन् । गएको तिन वर्ष यतामात्रै जिल्लाको तल्लोस्वराड क्षेत्रमा २३ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार