७ बैशाख २०८१, शुक्रबार

टीकापुर घटनाका मृतकका परिवारले भनेः न्याय पायाैं



धनगढी । टीकापुर काण्डमा ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तहरुले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

भदौ ७ गते थरुहट/थारुवान आन्दोलनका क्रममा कञ्चनपुर बेलौरी बस्ने प्रहरी निरिक्षक केशव बोहराका बुबा प्रेमसिंह बोहराले भने ‘अदालतको पुर्ण फैसला त सुन्न पाएको छैन् । तर, दोषीलाई कारबाही गरिएको थाहा पाएकाले खुशी छु ।’ उनले अदालतको फैसला स्वागत योग्य भएको बताए ।
‘दोषीलाई कारबाही हुनुपर्छ । सोही अनुसार अदालतले केही व्यक्तिलाई कैद सजाय सुनाएको छ’ उनले भने । पीडित बोहराले सांसद रेशम चौधरीलाई लक्षित गर्दै घुमाउ“रो पारामा भने ‘जसलाई निर्दोष हो भनि चर्चा गरिरहेका थिए । त्यसलाई अदालतले कैद सजाय सुनाएकोले निराश हुनु पर्ने कुरा भएन् ।’ उनले अदालतले दोषीलाई कारबाही र निर्दोषलाई छोडेको हुन सक्ने बताए ।
टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टका भाई भरत विष्टले दाईको हत्या भएको झण्डै साढे तीन बर्षपछि फैसला सुनाईएकोमा यसले न्यायको अनुभुती भएको प्रतिक्रिया दिए । ‘जुन फैसला भएकोछ त्यसले हृयदयदेखि नै खुशी भएको छु,’ टेलिफोनमा विष्टले भने– ‘मरेको मान्छेलाई ज्युदो बनाउन त सकिदैन् तर देशमा कानुन भएको लागेको छ ।’ आफनो र परिवारका सदस्यहरुको आ“शु थामिएको उनले बताए ।
अदालतको फैसलापछि न्याय पाएको लागेको मृतक ६ बर्षीय टेकेन्द्र साउ“दका बाजे जंगवहादुर साउ“दले बताए । दोषीलाई कारवाही होस भन्ने मेरो पहिलेदेखिकै माग हो, दोषीहरुलाई कारवाही गर्ने फैसला सुनाएको छ । उनले भने ‘कानुन मान्ने मान्छेलाई कानुन सम्मत न्याय भएको हो । अव हाम्रो पिडामा मलम लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार