१३ बैशाख २०८१, बिहीबार

टीकापुर घटनाको फैसलापछि ११ जना थुनामुक्त



धनगढी । टीकापुर घटनाको आरोपमा पक्राउ परेका ११ जना बुधबार जेटबाट छुटेका छन् ।

कैलाली जिल्ला अदालतको आदेश अनुसार बुधबार ९ जना जिल्ला कारागार कैलाली र एक जना काठमाडौं र एक जना बाल सुधारगृह पोखराबाट छुटेका हुन् । कैलाली कारागारका अनुसार तीन वर्ष कैद सजाय तोकिएका चुन्नीराम चौधरी भने थप आठ दिन कैलाली कारागारमा रहने छन् । चुन्नी ढिलो गरी पक्राउ परेकाले उनी यहि ३० गते छुट्ने जनाइएको छ ।
कारागारबाट बाहिर आउँदा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरीको अनुहारमा खुशीसंगै निराशा पनि थियो । उनले भने ‘सरकारले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउनुपथ्र्यो तर, भएन् ।’
उनले राज्यले वेवास्ता गरेका कारण अदालतले कानुनी फैसला गरेको बताए । ‘फैसला सर्वमान्य र स्वागतयोग्य छ’ उनले भने, ‘कानुनमा व्यवस्था भएअनुरुप चित्त नबुझेका वादी प्रतिवादीहरुले चित्त नबुझेका कुराहरु पुनरावेदनमा जाने सोच बनाएका छौं ।’
थारु नेता रामप्रसाद चौधरी पनि कारागारको गेटमा आफना झोला र सरसामानसहित मन्ध मुस्कानमा उभिएका थिए । उनका आफन्त उनका सरसमान गाडिमा राखि रहेका थिए । सोही क्रममा उनले भने, ‘तीन वर्ष ७ महिनापछि यो मुद्दा सम्मानित अदालतबाट किनारा लागेको छ । यसमा म धन्यवाद दिन चाहन्छु ।’
उनले अदालतको फैसला सबैले मान्नुपर्ने बताए । ‘म छुटेर सन्तुष्ट र खुशी चाहि छैन्’ उनले भन, ‘किनभने एउटै मुद्दामा केही साथी छुट्ने र केही कैद बस्नुपर्ने प्रति दुःखी छु ।’
उनले यस्ता घटना देशमा धेरै घटेको र सबै ठाउँमा राजनीतिक बनाएर टुङ्गो लगाएको भएपनि यसमा त्यसो नहुनु दुःखद भएको बताए । उनले केही व्यक्तीहरु कैदमा भएकाले निकास निकाल्न पुनरावेदन जाने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार