१३ बैशाख २०८१, बिहीबार

सुधार गृहमै बस्छ नाबालक



धनगढी । टीकापुर घटनामा जन्म कैद तोकिएका नाबालक श्रवण चौधरी बाल सुधार गृहमै बस्ने छन् । कैलाली जिल्ला अदालतले नाबालकसहित ११ जनालाई जन्म कैद तोकेको छ । ‘रेश्मसहित अन्य १० जनाले २० वर्ष कारागारमा विताउनु पर्छ’ कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्र कठायतले भने ‘नाबालक श्रवणलाई भने १० वर्ष कैद हुने ठहरेको छ ।’ उनले नाबालकले १० वर्ष पोखरास्थित बालसुधार गृहमै बस्नुपर्ने बताए ।
श्रवणसंगै बालसुधार गृहमा रहेका करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम छ महिना कैद हुने अदालतले ठहर गरेको थियो । बालक करनको कैद भुक्तान भैसकेकोले बुधबारनै थुनामुक्त हुने श्रेष्तेदार कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार