१६ चैत्र २०८०, शुक्रबार

दोस्रो गौरिगंगा कप



धनगढी । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा दोस्रो आमन्त्रीत गौरीगंगा कप हुने भएको छ ।गौरीगंगा– ११ स्पोर्ट्स क्लवको अयोजनामा गौरीगंगा नगरपालिका वडा नम्बर ८ को खेलमैदानमा आगामी २५ गतेदेखि चैत ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिता आयोजक कमिटी अध्यक्ष दिनेश कलेलका अनुसार प्रतियोगितामा दाङ, बाके, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरुबाट समेत टिमको सहभागिता रहने छ ।
उनले खेल मैदानमा अस्थायी प्याराफिट तयार भईसकेको र खेल मैदानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले तीन लाख रुपैया तथा उपविजेताले एक लाख ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी, र उत्कृष्ट फरवार्डले जनही दश हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार पा“च सय रुपैया पाउने छन् ।
प्रतियोगितामा २६ लाख ५० हजार रुपैया खर्च ह्ुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार