१३ बैशाख २०८१, बिहीबार

प्रदेश सभाद्वारा शोक प्रस्ताव



धनगढी । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभाको ११ औं बैठकले उपचारको क्रममा फागुन १८ गते निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरत मोहन अधिकारी र हेलिकोप्टर दुर्घटनामा फागुन १५ गते ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव परित गरेको हो ।बैठकमा सभामुख अर्जुन बहादुर थापाले दुबै जनाको निधनमा यो सभा गहिरो शोक प्रकट गर्छ भन्ने शोक प्रस्ताव पारित गर्न आग्रह गरेका थिए । सत्तारुढ दल र विपक्षीदल सांसदहरुले हात उठाएर प्रस्ताव पारित गरेका थिए ।
यसअघि मंगलबारको बैठकमा १ मिनेट मौन धारण गरिएको थियो । अर्काे सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार