१६ चैत्र २०८०, शुक्रबार

महाशिवरात्रीमा अवान्छित क्रियाकलाप गर्ने १४ जना पक्राउ



धनगढी । प्रहरीले सोमबार कैलालीकाे विभिन्न स्थानबाट अवान्छित क्रियाकलाप गर्ने १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले महाशिवरात्रीमा भाङ्को पकौडा, मिठाई लगायतका सामान बनाउने तथा विक्री गर्ने, होहल्ला गरेको लगायतका क्रियाकलापमा १४ जना पक्राउ गरेको हो । मन्दिरमा पूजा गर्न गएका दलित समुदायलाई पूजा गर्नबाट रोक लगाएको आरोपमा प्रहरीले एक जना पुजारीलार्इ पनि पक्राउ गरेकाे छ।

सोमबार मन्दिरभित्र जातीय विभेद गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईस्थित भैरव मन्दिरकी पूजारी (माता) अन्दाजी ४० वर्षीया गंगा गिरी पक्राउ गरेको हो । डोटी जिल्लाको सिलगढी घर बताउने पूजारी गिरीलाई वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकिल सिंहको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक सिंहले माता गिरीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरैरै दलित युवतीलाई पूजा गर्नबाट रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्री समेत फालेको स्थानीयको आरोप छ । स्थानीय दलित समुदायका मान्छेहरू पूजा गर्न आउँछन् भन्दै हाल सो मन्दिरमा ताला लगाएको थियो ।

कैलालीको पर्यटकिय तथा धार्मिक स्थल घोडाघोडी मन्दिर परिसर बाट भाङ् हालेर बनाएका र बनाउदै गरेको पकौडा बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडको गस्ति टोलीले भाङ् हालेका र बनाउदै गरेका पकौडा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशीले बिभिन्न पसलमा अनुगमन गर्दा भांगका पत्ताहरु, भाङ् हालेर बनाएका पकौडा फेला पारेको बताए । व्यापारीहरुलाई पहिलो पल्ट सम्झाई बुझाई छोडेको र फेरी अनुगमन गर्दा पुनः फेला परेको खण्डमा कानुन बमोजिम काहबारी हुने प्रहरी निरीक्षक जोशीले बताए ।
महाशिवरात्री वर्षलाई लक्षित गरी साधा पोषाकमा प्रहरी परिचालन पनि गरेको छ । पर्यटकिय तथा धार्मिक स्थल घोडाघोडी मन्दिर माहाशिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ । त्यस क्षेत्रमा अप्रिय घटना नहोस भन्नको लागी प्रहरी परिचालन गरीएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
महाशिवरात्रीमा शिवजीको प्रसाद भनि पकौडा लगायत बिभिन्न खाद्य बस्तुमा भाङ् हालरे खाने गरेको पाइन्छ । प्रहरीले पक्राउ परेका सबै व्यक्तिकाे विवरण अाउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि अाेलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार