१५ चैत्र २०८०, बिहीबार

खैरेनीबाट अबैध काठ बरामद



बौनिया । बर्दगोरिया गाउपालिका–३ खैरेनीबाट कुलामा लुकाई छिपाई चिरान गर्दै गरेको काठ बरामद गरिएको छ ।

चिरान गर्दै गरेको २६ क्यु फीट तीन गोलिया काँचो सालको काठ आइतबार ईलाका वन कार्यालय रामपुरले बरामद गरेको हो । काठ चिरान गर्दै गरेको सूचना खैरेनीमा रहेको साईनिङ स्टार युवा क्लबले खबर दिएपछि इलाका वन कार्यालय रामपुरको टोली त्यहाँ पुगेको थियो ।
काठ चिरान सङ्लग्न सोहि ठाउँका मोहन भट्टराई (खत्री ) रहेको ईलाका बन कार्यालय रामपुरका जमदार प्रकाश जोशीले जनाए । भट्टराई फरार रहेको जोशीले बताए ।
ईलाका बन कार्यालय रामपुरले मुचुल्का उठएर काठ वन कार्यालयमा ल्यएको छ भने फरार रहेका भट्टराईको नाममा वारेन्ट निकालीने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार