७ बैशाख २०८१, शुक्रबार

क्रसर बन्द भएपछि निर्माण कम्पनीको गुनासो: आयोजना निर्माण प्रभावित



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा रहेको घुम्ती क्रसर बन्द भएको चार हप्ता पुगेको छ । सो घुम्ती क्रसर बन्द हु“दा मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको काममा प्रभावित भएको निर्माण कम्पनीको गुनासो छ ।

ढुङ्गा, बालुवा, गिट्टी संकलन तथा घाटगद्दी अनुगमन समिति, कैलालीले गत माघ २४ गते प्रहरी प्रशासनको सहयोगमा लगाएर घुम्ती क्रसर बन्द गराएको थियो । शर्मा अम्मर नागार्जुन (जेभी) ले नदी र सामुदायिक वनको छेउमै बिना अनुमति क्रसर सञ्चालन गरेको विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएपछि समितिले सो क्रसर बन्द गराएको थियो ।
शर्मा अम्मर नागार्जुन जेभीका सञ्चालक ईश्वरी भट्टले भने– क्रसर बन्द गरि“दा सडक निर्माणका लागि आवश्यक पर्ने सामग्री अभाव भएको छ । उनका अनुसार सडक बनाउ“दा चाहिने ढुङ्गा, गिट्टी कुटानी पिसानी गर्न सकिएको छैन । ‘समितिले बैठक गर्ने, तर क्रसरबारे कुनै ठोस निर्णय नगर्दा समस्या भएको छ’ उनले भने ।
उनले घुम्ती क्रसर वातावरणीय प्रभाव मूल्यांकन गरेको स्थानमै राखिएकोले अन्य क्षेत्रमा लग्न नसकिने बताए । ‘यहा“ खाली र खुल्ला ठाउ“ कतै छैन । मैले आईई भएकै स्थानमा राखेकोले त्यहाबाट अन्यत्र लग्न सक्ने अवस्था छैन’ उनले ‘अन्यत्र लग्नुभन्दा बरु बन्द गरेर सडक निर्माण कार्य छोड्ने बताए । उनले आफुले पटक–पटक सडक कार्यालयमार्फत घुम्ती क्रसर सञ्चालन गराईदिन आग्रह गरेको बताए ।
मोहनापुल अत्तरिया छ लेन सडक आयोजनाले पनि क्रसर सञ्चालन अनुमति दिन भनी जिल्ला समन्वय समिति कैलालीलाई पत्र पठाएको थियो । पत्र पठाएको तीन हप्ता पुग्न लाग्दा समेत समितिले क्रसरबारे कुनै ठोस निर्णय भने गर्न सकेको छैन् ।
समितिले घुम्ती क्रसर बन्द गराएपछि आयोजनाले फागुन २९ गते सो पत्र पठाएको थियो । निर्माण सामाग्रीको अभावले सम्झौता अवधिसम्म काम सम्पन्न हुन नसक्ने भन्दै सो घुम्ती क्रसरलाई निरन्तरता दिन सहयोग गरिदिन हुन भनी कार्यालयले पत्र पठाएको थियो ।
आयोजनाले कम्पनीले एकता सामुदायिक वनसंग सहमती गरि स्थापना गरेको र गोदावरी नगरपालिकासंग नदीबाट नदीजन्य पदार्थ उठाउने अनुमति पाइसकेकोले कार्यालयले पनि आवश्यक सहयोग गर्नुपर्ने पत्रमा उल्लेख थियो ।
मोहनापुल–अत्तरिया छ लेन सडक नेपाल सरकारको प्राथमिकताको कार्यक्रम हो । कम्पनीले मोहनापुलदेखि बोराडा“डीसम्म चार दशमलब पा“च किलोमिटर सडक निर्माणको ठेक्का पाएको थियो । सो सडकखण्ड निर्माणका लागि तल्लो सतह पथ (सव वेस कोर्ष)का लागि ३५ हजार घनमिटर, सतह (वेस) २५ घनमिटर समस्टी (एग्रिगेट) तीन हजार एक सय घनमिटर ढुङगा र बालुवा गरि १५ हजार हजार घनमिटर निर्माण सामाग्री आवश्यक रहेको जनाइएको छ ।

विवरण मागमाथि विवरण माग

ढुङ्गा, बालुवा, गिट्टी संकलन तथा घाटगद्दी अनुगमन समितिले शुरुमा शर्मा अम्मर नागार्जुन जेभीले सञ्चालन गरेको घुम्ती क्रसरको कागजपत्र बैठक गरेर माग गर्यो । कम्पनीले माग गरेको समयावधीभित्र कागजपत्र नदिएपछि २४ गते सो घुम्ती क्रसर बन्द गराएको थियो ।
पुनः समितिको बैठकले अन्य क्रसर उद्योगलाई पनि कागजपत्र बुझाउन माग गरेको थियो । समितिले माग गरे बमोजिम नौ वटा क्रसर उद्योगले मात्र कागजपत्र बुझाएका थिए । गत बुधबार बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाअन्र्तगत सञ्चालन भएका क्रसरहरुसंग पनि कागजपत्र माग गरेको छ ।
क्रसर उद्योगहरुसंग कागजपत्र माग गर्ने तर, बैठकबाट कुनै ठोस निर्णय गर्न नसक्दा समितिले परिणाम निस्कने गरि काम गर्न नसकेको देखिएको छ । जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले क्रसरहरुको अनुगमन गर्ने निर्णय भएको बताए । उनले समितिले २३ वा २४ गते क्रसरहरुको अनुगमन गर्ने जनाए । उनले समितिले क्रसर सञ्चालनबारे घरेलु तथा साना उद्योगको मापढण्डलाई अपनाउदै समितिले पनि केही सञ्चालन सूचक तयार पारि क्रसरहरुको अनुगमन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार