८ बैशाख २०८१, शनिबार

जिप दुर्घटनामा ११ को मृत्यु, चालक घाइते



दार्चुला । दुहुँ गाउँपालिका–३, राताकाठामा शुक्रबार राति भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी दुहु गाउँपालिका–२, हिकिलाका ४१ वर्षीय कल्यानसिंह बडाल, उनका १७ वर्षीया छोरी निर्मला बडाल, ३५ वर्षीया पारुली धामी, दुहु गाउँपालिका–१ का २४ वर्षीय धनबहादुर बम, दुहु गाउँपालिका–४, दोलाका ५५ वर्षीया अम्मरा बम, सोही ठाउँकी ७ वर्षीया आयुसा बम, दुहु गाउँपालिका–१ पिपलचौरीकी ४५ वर्षीया गोमती बम, सोही ठाउँकी ७१ वर्षीया धना बम, बैतडी दोगडा केदार गाउँपालिका–६, सित्तडका ६० वर्षीय प्रतापबहादुर चन्द, उनका नवविवाहिता बुहारी २१ वर्षीया स्नेहा बम र दुहु गाउँपालिका– १ की ५३ वर्षीया मानमती बमको मृत्यु भएको हो ।
दरमुकाम खलंगाबाट हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जिप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थल दार्चुला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ ।
दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको प्रहरीले जनाएको छ । मृतकहरुको पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार