७ बैशाख २०८१, शुक्रबार

अनुमति विना क्रसरः आयोजनाहरुले अझै कागजपत्र बुझाएनन्



धनगढी । कैलाली जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुले क्रसर सञ्चालनका लागि अनुमतिसहितको विवरण बुझाउन सकेका छैनन् ।

ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका क्रसर सञ्चालकलाई विवरण बुझाउन माग गर्दा आयोजनाअन्र्तगतका कसैले पनि अनुमतिसहितको कागजपत्र बुझाउन नसकेको जनाइएको छ ।
जिल्लामा रानी जमरा कुलरिया सि“चाइ आयोजना, मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना, गेटा मेडिकल कलेज आयोजना र हुलाकी सडक आयोजना लगायतबाट सञ्चालनमा रहेका क्रसरहरुले अनुमतिसहितको पत्र बुझाउन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।
‘राष्ट्रिय गौरवका आयोजनाहरुले सम्बन्धीत निकायबाट अनुमति लिएको कतैबाट देखिएको छैन्’ जिल्ला समन्वय समिति कैलालीका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले भने ‘कसैले आयोजनाको कागजपत्र दिएका छन भने कसैले शहरी विकास तथा भवन कार्यालयको कागजपत्र उपलब्ध गराएका छन् ।’
उनका अनुसार मोहनापुल अत्तरिया छ लेन सडक आयोजनाअन्र्तगत शर्मा अम्मर नागार्जुन जेभीले गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा, हुलाकी सडक आयोजनाअन्र्तगत टुण्डी प्रेररा चन्द्रा एण्ड बसन्ता जेभी, रानी जमरा कुलरिया सिचाई आयोजनाअन्र्तगत एसईडब्लु टुण्डी जेभी र सिउ टुण्डी जेभीले क्रसर सञ्चालन गरेका छन् । तीन वटै आयोजनाको ठेक्का पाएका ठेकेदारहरुले आयोजना कार्यालयको पत्र मात्र समितिमा बुझाएको जनाएको छ ।
यस्तै उर्मा–पथरी–धुर्जन्ना–डङगोलिया जोड्ने सडकको ठेक्का पाएको राजेन्द्र केएस जेभीले पनि क्रसर सञ्चालनको अनुमति पत्र बुझाउन सकेको छैन । १२ किलोमिटर लामो सडक निर्माणको ठेक्का पाएको सो कम्पनीले शहरी विकास तथा भवन कार्यालयको पत्रमात्र बुझाएको छ ।

नौ क्रसर सञ्चालकले मात्र बुझाए विवरण

कैलालीका विभिन्न सथानमा सञ्चालनमा रहेका क्रसर तथा घुम्ती क्रसरहरूमध्ये नौ वटाले मात्र कागजपत्र बुझाएका छन् ।
ढुङ्गा, बालुवा, गिट्टी उत्खनन, संकलन तथा घाटगद्दी समितिको गत आईतबारको बैठकले ‘सम्पूर्ण क्रसर उद्योगलाई अनुमती पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्ययोजनाको कागजपत्रसहित पा“च दिनभित्र समितिमा बुझाउने’ निर्णय गरेको थियो । फागुन १० गते अर्थात शुक्रबार समयावधी सकिए पनि समितिमा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेकामध्ये नौ वटा क्रसर उद्योगले मात्र विवरण बुझाएको कैलाली जिल्ला समन्वय समितिले जनाएको छ ।
कैलाली जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाका अनुसार जिल्लामा १२ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । उनले भने– ‘घरेलु कार्यालयमा चार वटा क्रसर उद्योग मात्र संचालन रहेको उल्लेख छ, तर हाम्रो अनुगमनमा कैलालीमा १२ वटा क्रसरहरु सञ्चालनमा रहेको पाइएको छ ।’
कैलाली जिल्ला समन्वय समितिमा राजेन्द्र के एस जेभी, हेमकुण्ट स्टोन क्रसर इण्डष्ट्रिज, बेहडाबाबा प्रशोधन उद्योग, शर्मा अमर नागार्जुन जेभी, टुण्डी प्रेररा चन्द्रा एण्ड बसन्ता जेभी, एसइडब्लु टुण्डी जेभी, सिउ टुण्डी जेभी, राजेन्द्र केएस जेभी र श्रीपुर कंक्रिट उद्योगले मात्र विवरण बुझाएका छन् ।
राजेन्द्र केएस जेभीले गौरिगंगा नगरपालिकाको झिलमा, हेमकुण्टले गोदावरी नगरपालिका वडा नम्बर ११ बल्मी, बेहडाबाबा क्रसर गोदावरी नगरपालिका वडा नम्बर ८ र नागार्जुन जेभी गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा सञ्चालनमा रहेको छ ।
शर्मा राजेन्द्र कुमार जेभीले गेटा मेडिकल कलेज, कालिका कुमार जेभीले लम्की नगरपालिका बल्चौरमा घुम्ती क्रसर सञ्चालन गरेका छन् । यस्तै, गोदावरी नगरपालिका लालपुरमा वेष्टर्न क्रसर उद्योग, गोदावरी नगरपालिका वडा नम्बर ८ हरैयामा श्रीपुर क्रसर उद्योग, लम्की नगरपालिका थलचौरमा तु“दी क्रसर प्रालि, लम्की चुहा नगरपालिका चिसापानीमा माझसीन सिताका क्रसर, पथरैयामा कर्णाली क्रसर उद्योग, सुनाफा“टामा चन्द्र बसन्ता क्रसर, लालपुरमा शिवशक्ति वालुवा प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन् ।
‘थोरैले मात्र कागजपत्र बुझाएका छन् । हामीले अझै कागजपत्र बुझ्ने काम गरिरहेका छौं’ निमित्त समन्वय अधिकारी ओझाले भने ‘विवरण बुझाएका क्रसरहरु कसरी सञ्चालन रहेका छन त्यो समितिको बैठकबाट मात्र जानकारी हुने छ ।’
उनले समितिको बैठक कहिले बस्छ भन्ने बारे यकिन नभएको बताए । समितिको बैठकपछि विना अनुमति सञ्चालनमा रहेका क्रसरहरुलाई बन्द गर्ने वा प्रक्रिया पु¥याउन लगाउने त्यही थाहा हुने प्रतिक्रिया दिए ।
जिल्लामा सञ्चालन रहेका मध्ये कर्णाली क्रसर उद्योग, हेमकुण्ट स्टोन क्रसर उद्योग, श्रीपुर कंक्रिट उद्योग, बालाजी रोडा ढुङ्गा र वेष्टर्न क्रसर उद्योगले मात्र घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता गरेका छन् ।

अब अनुगमन गरिने

ढुङ्गा, बालुवा, गिट्टी उत्खनन, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका क्रसरहरुको अनुगमन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको बैठकले जिल्लामा सञ्चालनमा रहेका क्रसरहरु मापदण्ड अनुसार चले÷नचलेको लगायतको सूचक बनाएर अनुगमन गर्ने निर्णय गरेको हो ।
‘हामीले शुक्रबारनै अनुगमन गर्ने भनेका थियौं’ निमित्त जिल्ला समन्वय अधिकारी ओझाले भने ‘तर, कैलाली प्रमुख जिल्ला अधिकारी लगायत केही व्यक्तीहरुको समय नहु“दा अनुगमन हुन सकेन् ।’ उनले समितिले २३ या २४ गते क्रसरहरुको अनुगमन गर्ने बताए ।
राष्ट्रिय गौरवका आयोजना अन्र्तगत सञ्चालन भएका क्रसरहरुको पनि कानुनी प्रक्रियाको विवरणहरु माग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार