१२ बैशाख २०८१, बुधबार

दिपायल महोत्सव शुरू, नाैं किलोको मालाद्वारा मन्त्री भट्ट सम्मानित



दीपायल । चेम्बर अफ कमर्स डोटीले आयोजना गरेको प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी छन् ।

‘सेतीको हिरा खप्तडको मोती, ब्यापार कृषी पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मुल नाराका साथ २७ गतेसम्म संचालन हुने महोत्सव दिपायलमा शुरू भएको हाे । उद्घाटन समारोहमा मन्त्री भटटलार्इ ९ किलोको माला लगाई सम्मान गरिएको छ ।

स्थानीय कला संस्कृती संरक्षण गर्नका लागि महोत्सवको उद्घाटन गरिएको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउँदले बताए । अध्यक्ष साउँदले भने ‘हामी सक्दो स्थानीय स्रोत साधनको उपयोग गरेर लोभ हुँदै गएका कला संस्कृतिको संरक्षणका लागि महोत्सवको आयोजना गरेका हौँ ।’

महोत्सवमा लोपउन्मुख जाति राउटेको नाच तथा छिमेकी मुलक भारतका पन्जाबी भांङडा नाच समेत हुने आयोजकले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको कला संस्कृति झल्कने गरी साँकस्कृतिक कार्यक्रम रहेको चेम्बरले जानकारी दिएको छ । प्रमुख गौतम रोकायाले भने ‘हामी लोक दोहरी तथा डेउढा प्रतियोगिता गर्ने छौँ जस्ले गर्दा स्थानीय प्रतिभा खारिने ठाउँ हुने छ भन्ने बिश्वास छ ।’

सिलगढी–झिग्राना सडकको यसै बर्षदेखि निर्माण कार्य सुरु हुने मन्त्री भट्टले बताइन् । सुदूरपश्चिम प्रदेशको मूख्य पर्यटकीय स्थलको रुपमा रहेको खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको यसै बर्षदेखी निमार्ण कार्य सुरु हुने सुदूरपश्चिम उनले वताइन्उ । मन्त्री भट्टले भनिन् ‘सुदूरपश्चिमको बवकासका लागि खप्तड जोड्ने मुख्य सडकको रुपमा रहेको सिलगढी–झिग्राना सडक स्तरोन्नती कार्य यसै बर्ष सुरु हुन्छ ।’

सुदूरपश्चिम प्रादेशिक महोत्सबवउद्घाटन गर्न डोटीको दिपायल आइपुगेकी मन्त्री भटटले प्रदेशको विकासका लागि सबैको सकरात्मक सहयोग गर्न आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘प्रदेश सरकारले प्रदेश महत्वको धेरै योजना सुरु गरेको छ, यहाँहरुको सहयोग आबश्यक हुन्छ ।’

डोटीको दुई नम्बर क्षेत्र भएर आउने सहजपुर–बोगटान सडकलाई प्रदेश सरककारले प्रदेश गौरवको सडकमा राखेको मन्त्री भट्टले जानकारी दिइन् । लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती स्वदेशी लगानीमा निर्माण गर्नका लागि प्रदेश सरकारले संघीय सरकारसंग माग गरेको समेत भट्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार