८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री प्रतियोगिता व्यवस्थापन निर्देशिका पारित, तयारी तिब्र



धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले मुख्यमन्त्री अन्तर प्रदेश खेलकूद प्रतियोगिता ब्यवस्थापन निर्देशिका २०७५ पारित गरेको छ ।
मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले आउँदो चैत ३, ४ र ५ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न हुने खेलकुद प्रतियोगिताको निर्देशिका पारित गरेको हो । प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ । प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने छन् । ६ सय ९७ जना सहभागी हुने खेलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता पनि रहने छ ।
सामाजिक विकास मन्त्रालयले यसअघि सो प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको छ । भने शुक्रबार राष्ट्रिय खेलकुद परिषद्संग बैठक बसी प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न समितिहरु गठन गरी तयारी तिब्र पारिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
मन्त्री परिषद्को शुक्रबारको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ । प्रदेश सरकारले यस वर्षको बजेटमा स्वरोजगार विकास कोष बनाउँदै युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्ने कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार