१३ बैशाख २०८१, बिहीबार

काठमाडौं गोल्डेन्सद्वारा डिपिएल बहिष्कार (भिडियो सहित)



धनगढी । आयोजकले एकपछि अर्को नियम मिच्दै गएको भन्दै काठमाडौं गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) बरिष्कार गरेको छ ।

काठमाडौंका खेलाडी अंकित दबासलाई प्राविधिक समितिले भिडियो विश्लेषण गरी उनको बलिङ अनाधिकृत रहेको ठहर गर्दै शुक्रबारको खेलमा प्रतिबन्ध लगाएपछि काठमाडौंले खेल बहिस्कार गरेको हो। काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए । भारतीय यी खेलाडीले काठमाडौंका लागि सर्वाधिक ६ विकेट लिएका थिए । यस बाहेक जारी खेलमा उनले १५३ रन पनि बनाएका थिए ।
काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले भारतमा विभन्न खेल खेलेको खेलाडीलाई बिना कारण कारबाही गरेकोले खेल नखेलेको बताए । उनले आईसीसीको नियमहरुको पालना आयोजकले नगरेको र मैदानको अवस्था खराब रहेको बताए । ‘सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन्,’ उनले भने, ‘मैदानको अवस्था पनि राम्रो छैन । हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन ।’

शुक्रबार फाप्ला मौदानमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीच दोस्रो क्वालिफायर्स खेल थियो । काठमाडौंले बहिस्कार गरेपछि आयोजक धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरलाई विजयी घोषणा गरी फाइनलमा पु¥याएको छ । म्याच रेफ्रि समिर खानले काठमाडौ गोल्डेन निर्धारित समयसम्म पनि खेल खेल्न नआएपछि खेलको नियम अनुसार महेन्द्रनगर युनाईटेडलाई बिजयी घोषणा गरीएको बताए ।
उपाधीका लागि शनिवार महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरीया अन्तिम प्रतिस्प्रर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार