८ बैशाख २०८१, शनिबार

शैक्षिक मेला हुँदै



धनगढी । धनगढीमा शैक्षिक मेला हुने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै फागुन १३ देखि १४ गतेसम्म भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डटकमले मेला आयोजना गर्न लागेको हो । आयोजकले बिहिबार धनगढीमा पत्रकार सम्मलेन गर्दै मेला बारे जानकारी दिएको हो ।मेला धनगढीको होटल जलशामा हुने आयोजकले जानकारी दिएको छ । बिहान १० बजेदेखी साँझ ५ बजे सम्म सञ्चालन हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यकारी निर्देशक तारामान रावलले बताए ।
मेलामा विद्यार्थीले नेपालका प्रख्यात विश्व विद्यालय, काठमाडौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्व विद्यालयसँग आवद्ध क्याम्पसहरुले अध्यापन गराउने कोर्षहरुका बारेमा निःशुल्क परामर्श लिन सक्ने आयोजकले जनाएको छ ।
मेलामा सहभागी भई पराशर्म लिने विद्यार्थीका लागि रिचार्ज कार्डको समेत व्यवस्था गरिएको छ । मेलामा झण्डै २५ क्याम्पसहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार