८ बैशाख २०८१, शनिबार

उपक्षेत्रीय अस्पतालको स्तरोन्नती हुदै



धनगढी । सरकारले डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरि स्तरोन्नति गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को फागुन ३ गतेको बसेको बैठकले डडेल्धुरासहित देशभरका पाँच वटा अस्पतालमा ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएको हो ।
निर्णयअनुसार मोरङको कोषी अञ्चल अस्पताल, पर्साको विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल असप्ताल र डडेलधुरा उपक्षत्रीय अस्पताल, डडेलधुरा रहेका छन् ।
मन्त्रिपरिषद्को निर्णय सुनाउन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्तरोन्नति गरिएका सबै अस्पताल केन्द्र सरकारकै मातहतमा रहने जानकारी दिए ।
‘सरकारको निर्णयअनुसार मंगलबारदेखि सबै अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’का रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी’ सबै अस्पतालमा पत्राचार गरिसकिएको छ ।
स्तरोन्नति भएपछि अब सबै पाँच वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा संघीय सरकारले उपलब्ध गराउनेछ । केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय सैय्याको सेवासुविधा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार