११ बैशाख २०८१, मंगलवार

रुपन्देहीलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाईटेड क्वालीफायर्समा प्रवेश



धनगढी । धनगढी प्रिमियर लिग डिपिएलमा रुपन्देहीलाई एक रनले पराजित गर्दै महेन्द्रनगर युनाईटेड क्वालीफायर्समा प्रवेश गरेको छ । बुधबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरले रुपन्देहीलाई एक रनले पराजित गरेको हो । अव महेन्द्रनगरले फाईनल प्रवेशका लागि काठमाडौँको सामना गर्ने छ ।


टस जितेर व्याटिङ गरेको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रन बनायो । उस्का लागि कप्तान शरद भेषवाकरले २९, सुर्वमन्यु आनन्दले २०, अमरसिह रौटेलाले १९, मोहवद नाविदले १८, तथा आरिफ शेख र अविनास बोहराले ११÷११ विकेट लिए । रुपन्देहीका ललितसिह भण्डारीले ४, पुनित मेहराले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए ।
१ सय १६ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको रुपन्देही २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रनमा समेटीयो । रुपन्देहीका लागि बाबर हयात र प्रदिप ऐरी २८÷२८, विनोद भण्डारीले २३, सन्दीप सुनारले १४ र सुमित महर्जनले १० रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।
महेन्द्रनगरलाई जिताउने क्रममा अविनास बोहराले २ तथा मोहमद नाविद, सिद्धान्त लोहनी र सागर ढकालले समान १÷१ विकेट लिए । रुपन्देहीलाई अन्तिम ओभरमा ५ रन आवश्यक भएकोमा उस्ले ३ विकेट गुमाउँदै ३ रन मात्रै बनाउन सक्यो । खेलका म्यान अफ द म्याच महेन्द्रनगरका अविनास बोहरा भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार