१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओली सुदूरपश्चिममा (फाेटो फिचर र भिडियो सहित)



धनगढी । प्रधानमन्त्री केपी शर्माओली मंगलबार सुदूरपश्चिम आएका छन् । दुई वटा सरकारी परियोजना उद्घाटन, प्रदेश सभा सम्बोधन र पार्टी प्रदेश भेलाका लागि प्रधानमन्त्री ओली दिउँसो पौने तीन बजेको श्रीएयरलाईन्सको फ्लाइटबाट आएका हुन् ।

प्रधानमन्त्री ओलीलाई प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभासद्हरु, स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुले एयर पोर्टमा स्वागत गरेका थिए । भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसहित आएका धनगढी एयर पोर्टमा आएका प्रधानमन्त्री विशिष्ट कक्षमा पाँच मिनेटको रेष्टपछि सेनाको हेलिकप्टर चढेर डडलेल्धुराको स्याउलेमा बनेको चमेलिया जलविद्युत आयोजनाको सवस्टेशन उद्घाटन गर्न छन् । उद्घाटनपछि सहजपुर–विपिनगर–दिपायल कालोपत्रे सडक सिलान्यासका लागि विपि नगर अाउने कार्यक्रम छ । सिलान्यासपछि बास बस्न धनगढी आउने कार्यक्रम रहेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेश सभालाई विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभा हल र परिषरको सरफसाई सहित सिंगारेको छ ।

सचिवलयका सचिव बालाराम शर्माले सभा हल सफाई र परिषरमा रंग रोगन गरिएको बताए । उनले प्रधानमन्त्रीको स्वागतका लागि परिषरमा रहेको रुख र संरचनाहरु सजावट गरिएको बताए । सचिवालयले प्रदेश सभा हलको झ्यालढोका समेत रंग्याएको छ भने हलमा कार्पेट नयाँ हालेको छ । सचिवालयले प्रदेश सभाको मुल गेट र प्रवेशद्वारमा स्वागत गेट बनाएको छ ।

फागुन ८ गते बुधबार बिहान ठीक नौ बजे प्रदेश सभाको बैठक बस्ने र सो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सम्बोधन गरिसकेपछि बैठक सकिने छ ।


बैठक सकिएपछि प्रधानमन्त्री ओलीले प्रदेशका ५३ जना सांसद्हरुसंग सामुहिक फोटो खिच्ने कार्यक्रम तय गरिएको सचिव शर्माले बताए । प्रधानमन्त्रीको विदाईपछि तत्कालै प्रदेश सभाको दोस्रो बैठक बस्ने छ । प्रदेश सभालाई सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद प्रस्ताव सभाको दोस्रो बैठकले पास गर्ने छ ।

प्रदेश सभालाई सम्बोधन गरिसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दिउँसो ११ बजे प्रदेश पार्टीका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेश पार्टी भेलाका लागि नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरु मंगलबार साँझै धनगढी पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार