१२ बैशाख २०८१, बुधबार

लिटल फ्लावर सुपर लिगको प्रथम पुरस्कार र सहप्रायोजक बीच सम्झौता



धनगढी । मृग गार्मेन्ट उद्योग लिटिल फ्लावर सुपर लिग अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को प्रथम पुरस्कार र सह प्रायोजकसँग सम्झौता गरिएको छ ।

प्रथम पुरस्कार एडुपल नेपाल र सह–प्रायोजक ईमेज बुक्स एण्ड स्टेसनरीले गर्ने सम्झौता गरिएको आयोजक लिटिल फ्लावर हाई स्कुलले जनाएको हो । आयोजक स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीसँग एडुपल नेपालका प्रबन्ध निर्देशक टेकराज पन्त र ईमेज बुक्स एण्ड स्टेसनरीका सञ्चालक दिप रावतसँग सम्झौता गरिएको हो ।
प्रतियोगितामा धनगढी र अत्तरियाका गरी १२ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन १३ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुनेछ । चटकपुरमा रहेको मृग गार्मेन्ट उद्योगले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले १५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार