१३ बैशाख २०८१, बिहीबार

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भुमिकाविहीन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भुमिकाविहीन रहेको छ ।
गत जेठ १ गतेदेखि स्थापना भएको प्रवद्र्धन केन्द्रमा दरबन्दी अनुसार कर्मचारी पदपुर्ति भएपनि बजेट नहु“दा भुमिकाविहीन बनेको हो ।

नसर्ने रोग तथा स्वस्थ जीवनशैली, मातृ, शिशु तथा बाल स्वास्थ्य, सरुवा रोगहरु, जनस्वास्थ्य निरीक्षण तथा सुपरिवेक्षण, प्रेषण सेवा, स्वस्थ वातावरण प्रवद्र्धन, ज्येष्ठ नागरिक स्वास्थ्य समस्याका लागि स्वास्थ्य, वहिरंग सेवा, महामारी नियन्त्रण तथा विपद व्यवस्थापन, आयुर्वेद तथा परम्परागत औषधी उपचार लगायतका सेवाहरु सञ्चालन गर्न सो केन्द्र स्थापना गरिएको थियो ।
‘हामी यहा“ नियूक्त भएको १० महिना भइसकेको छ’ केन्द्रकी जनस्वास्थ्य अधिकृत जानकी पराजुली मिश्रले भनिन् ‘तर, स्थानीय तहले कार्यक्रम नदिंदा हामी खाली विरामी जा“चमा सीमित भएका छौं ।’ उनका अनुसार केन्द्रले गर्नुपर्ने कामहरु बजेट तथा तालिम अभावले सञ्चालन गर्न सकिएको छैन् ।
‘धनगढी उपमहानगरपालिकाबाट केन्द्रमा अन्य स्वास्थ्य संस्थासरह नै बजेट विनियोजन गर्दा गर्नुपर्ने कामहरु अघि बढ्न सकेको छैनन्’ उनले भनिन् ‘धनगढी उपमहानगरपालिकालाई यसबारे जानकारी दिंदा आश्वासन मात्र पाएका छौं ।’
उनले प्रवद्र्धन केन्द्रलाई भौतिक संरचनासंगै सामाग्री, तालिम पनि आवश्यक रहेको बताइन् । ‘कतिपय कामहरु सञ्चालन गर्न हामीलाई तालिमको आवश्यकता रहेको छ’ उनले भनिन् । उनले महामारी नियन्त्रण तथा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न तालिम नहु“दा समस्या भइरहेको बताइन् । ‘अहिले महामारी तथा विपद भने भएको छैन । तर, तालिम नहु“दा कसरी काम गर्ने भन्ने अन्यौलता छ’ उनले भनिन् । यस्तै केन्द्रको खोप शाखामा कार्यरत कर्मचारीलाई खोप सम्बन्धी तालिम आवश्यक रहेको उनले बताइन् ।
शहर भन्दा झण्डै सात किलो मिटर टाढामा रहेको केन्द्र दुई तले भवनमा रहेको छ । सो भवनमा एक ड्रेसिङ कक्ष, खोप कक्ष, औषधी कक्ष, प्रयोगशालो छ भने सामान्य उपचार गरिन्छ । चेकजा“चका लागि आउने विरामीबाट केन्द्रले टिकटबाट १० रुपैया“ लिने गरेको छ । टीकट र प्रयोगशालाबाट आउने रकमबाट केन्द्रले बोटविरुवा रोप्ने, केन्द्रमा आवश्यक सामाग्री खरिद लगायतका क्रियकलाप गर्ने गरेको छ ।
उनले केन्द्रले छिट्टै वर्थिङ सेन्टर पनि सञ्चालन गर्ने लक्ष्य लिएको बताइन् । ‘बैशाखबाट वर्थिङ सेन्टर सञ्चालन गर्ने भनेका छौं तर, कोठाको अभाव रहेको छ’ उनले भनिन् ।
जनस्वास्थ्य निरीक्षक पराजुलीले केन्द्रमा परामर्श कक्ष, किशोर किशोरमैत्री कक्ष लगायतको अभाव रहेको बताइन् । ‘कुनै पनि विरामीलाई परामर्श दिन एउटा अलगै कक्षको आवश्यक हुन्छ तर, त्यो यहा“ छैन्’ उनले भनिन । उनले केन्द्रले विद्युत समस्या, फ्रिज अभाव तथा समयमै औषधीका लागि रकम नआउनु लगायतको समस्या भोग्दै आएको बताइन् ।
‘नेपाल सरकारले बढ्दो शहरीकरण, बदलि“दो सामाजिक तथा आर्थिक परिवेशस“गै मानिसमा देखिने रोगको प्रकृति र प्रकोप पनि परिवर्तन हु“दै गएपछि प्रवद्र्धन केन्द्रको अवधारणा अघि बढाएको थियो’ केन्द्रका मेडिकल अफिसर डाक्टर शिद्धराज आचार्यले भने ‘स्थानीय तह र अन्य कार्यालयले केन्द्रको महत्वबारे जानकारी नपाएर खासै महत्व नदिएको हुन सक्छ ।’
‘परिवर्तित जीवनशैलीस“गै जोखिमपूर्ण व्यवहारहरू जस्तै धुम्रपान, मद्यपान, असुरक्षित यौन सम्पर्क, लागू पदार्थको दुव्र्यसन जस्ता कारण मानिसहरू स्वास्थ्यको उच्च जोखिममा पर्दछ’ उनले भने ‘शहरी क्षेत्रमा रोगको बढ्दो प्रकोप, स्वास्थ्यको जोखिम र दु्रत गतिमा बढ्दै गरेको जनसंख्याको आवश्यकतालाई आधार मानेर वृहत शहरी स्वास्थ्य कार्यक्रम सञ्चालन हुन सकेको छैन । यसको असर खासगरी शहरमा वसोवास गर्ने गरीब, महिला तथा बालबालिका र सिमान्तकृत समूहमा परेको देखिन्छ जुन वर्ग स्वास्थ्य सेवाको पहु“चबाट टाढा रहेको अवस्था छ ।’
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख खगेन्द्र बमले नगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार