११ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको छ ।


मन्त्रालयले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री भट्टले सो प्रतियोगिता आउँदो चैत १, २ र ३ गते धनगढीमा आयोजना गरिने बताए ।
प्रतियोगिता भलिबल, क्रिकेट र व्याडमिन्टन महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ । मुख्यमन्त्री भट्टले प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने बताए । उनले ६ सय ९७ जना सहभागी हुने खेलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता पनि रहने जनाए ।
प्रतियोगिताद्वारा सुदूरपश्चिम प्रदेशलाई देशभर चिनाउने लक्ष्य रहेको मुख्यमन्त्री भट्टले बताए । कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, पुर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट पनि सहभागी थिए । प्रतियोगिताको लोगो र मस्कट बारे सामाजिक विकास मन्त्रालयका सचिव ईञ्जिनियर गोगनबहादुर हमालले ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार