११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य उपलब्धीः प्रदेशको राजधानी र नाम



धनगढी । संघीय नेपालमा प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको छ । नेपाल सरकारले २०७४ फागुन ५ गते देशका सात वटै प्रदेशमा सरकार गठन गरेको थियो ।

एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले कानुन निर्माण र कार्यालय व्यवस्थापनमा विताएको छ । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा १७ वटा कानुन, प्रदेशको राजधानी र निर्धारण प्रदेश सरकारको मुख्य उपलब्धी रहेको बताएका छन् ।
प्रदेश नम्बर ७ को सरकारले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदवारी २ र ४ मा पर्ने सामुदायिक वन तोकेको छ । नाम खासै विवाद नभएपनि राजधानी ‘गोदावरी’ को सन्दर्भमा विवाद कायमै हुनुका साथै सर्वोच्चमा मुद्दा नै परेको छ । यद्दपि, सो जग्गा प्राप्तिका लागि प्रदेश सरकारले कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ ।
प्रदेश सरकारले हालसम्म १७ वटा कानुन प्रदेश सभाबाट पारित भएर प्रमाणीकरण भएका छन् । चारवटा मस्यौदा संसद्मा विचाराधीन अवस्थामा छन् । २२ कानुनको मस्यौदा निर्माणका लागि सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । यस्तै, सरकारले चारवटा नियमावली, २५ वटा कार्यविधि जारी गरेको छ ।
पहाडी जिल्लामा गम्भीर बिरामी पर्ने र अकस्मात् उद्धार गर्नुपर्नै बिरामीलाई सुविधा सम्पन्न अस्पताल पु¥याउन सरकारले एअरलिफ्टका लागि यो वर्ष एक करोड छुट्याएको छ । यही सेवाअन्तर्गत बाजुराकी १९ वर्षीया रामकला नेपालीलाई १ पुसमा कोहलपुर मेडिकल कलेज पु¥याएको थियो  । बाजुरा जिल्ला अस्पतालमा प्रसूति हुन नसकेर उनी ४ दिनसम्म छटपटाएकी थिइन् । त्यसअघि गम्भीर अवस्थाका अन्य तीन जनालाई पनि सरकारले हवाई उद्धार गरेको थियो ।
त्यसैगरी, धनगढीको फाप्ला मैदानलाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा एक–एक खेल मैदान बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री अन्तरप्रदेश खेल प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार