१६ चैत्र २०८०, शुक्रबार

म्युजिक अवार्डको फोटो शुट



धनगढी । विन्दास म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण गरिएको छ ।

आयोजक विन्दास मिडिया ग्रुपले म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका १८ विधाका ४८ जना कलाकारहरुलाई शुक्रबार धनगढीमा फोटो सेसन तथा प्रमाणपत्र वितरण गरिएको हो । विन्दास म्युजिक अवार्डका संयोजक हरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वड थिए भने विशिष्ट अतिथिमा थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरी थिए । नगर प्रमुख वडले थारु कला संस्कृति लगायत सबै समुदायको कला संस्कृति संरक्षण गर्नु पर्ने बताए ।
लोप हुंदै गएको थारु मौलिक कला, संस्कृति एवम संस्कारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १ र २ गते धनगढीमा आयोजना गरिने कार्यक्रममा १८ विधामा कलाकारहरुलाई अवार्ड बितरण गरिने संयोजक हरेन्द्र चौधरीले जनाए ।

टप १० को भोटिङ फागुन ५ गतेदेखि शुरु हुने जानकारी दिदै संयोजक चौधरीले अन्तिम भोटिङ फागुन महिनाको २९ गते राति १२ बजे बन्द हुने बताए । अवार्डको प्रत्येक बिधाका ४० प्रतिशत भोटिङ, ५० प्रतिशत जुरी मेम्बर र १० प्रतिशत आयोजकको तर्फबाट गणना गरी फाइनल छनोट गरिने संयोजक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार