१२ बैशाख २०८१, बुधबार

चार सय २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य



धनगढी । सरकारले सुदूरपश्चिम प्रदेशमा चार सय २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बिहिबार उद्घाटन गरेको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ अन्र्तगत यस प्रदेशमा तीन वटा आयोजनामार्फत सो क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको हो ।
यस प्रदेशमा चैनपुर सेती, सेती ३ र अपर सेती आयोजना सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । चैनपुर सेती र अपर सेती आयोजना विद्युत विकास विभाग र सेती ३ चिलिमे हाइड्रोपावर कम्पनी संस्थाको प्रवद्र्धनमा अघि बढाइने जनाईएको छ ।
चैनपुर सेती आयोजनाबाट दुई सय १० मेगावाट, सेती ३ आयोजनाबाट एक सय ६३ मेगावाट र अपर सेती आयोजनाबाट ५९ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।
जलविद्युत् मार्फत् आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य र त्यस्ता आयोजनामा हरेक नेपालीको लगानी प्रत्याभुति गर्ने महत्वाकांक्षी कार्यक्रम हो ।
सरकारले बिहिबारदेखि शुरु गरेको कार्यक्रमअन्तर्गत ६ वटा प्रदेशबाट करिब तीन हजार पाँच सय मेगावाट उत्पादन क्षमताका १९ वटा आयोजनाहरु छनौट गरिएका छन् । सो कार्यक्रममा प्रदेश २ बाट भने एउटा पनि आयोजना परेको छैन । आयोजना र उत्पादन क्षमताका हिसाबमा सबैभन्दा धेरै प्रदेश १ का ६ वटा आयोजनाबाट एक हजार सात सय ५१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रमअन्तर्गत छनौट भएको आयोजनाहरु पा“च वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार