१३ बैशाख २०८१, बिहीबार

दि अलन्यू स्यान्ट्रो बजारमा



धनगढी । दिनेश फोर व्हिल्सले फेमिली ह्याचब्याक गाडी ‘दि अल न्यू स्यान्ट्रो हुण्डाई’ बजारमा ल्याएको छ । हुण्डाइ मोटरको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले पुनः नेपाली बजारमा भित्र्याएको सो गाडिको धनगढीमा दिनेश फोर व्हिल्सले विक्री वितरण गरिरहेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीका कार्यकारी निर्देशक श्याम हमालले कभर हटाएर गाडिको उद्घाटन गरेका थिए ।
उनले हुण्डाई सबै भन्दा बढी रुचाइएको गाडि भएको बताए । उनले हुण्डाइले सधै आफना ग्राहकहरुलाई उच्च स्तरिय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको प्रदान गरिरहेको बताए ।
गाडिमा एक हजार एक सय सिसि इन्जीन, १७ दशमलब ६४ सेन्टीमिटर स्मार्ट फोन कनेक्टीभिटी तथा भ्वाईस रेकर्डिङ जडित अडियो भिडियो प्रणाली, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ माउण्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यानस लगायतका विशेषता रहेको छ । स्यान्ट्रोमा ३५ लिटर पेट्रोल ट्यांकी, चार सिलेण्डर पेट्रोल इन्जिन र १० दशमलब एक केजिएमको टर्क प्रदान गर्नुका साथै २० दशमलब तीन को फिउल माइलेज रहेको छ ।
दिनेशले रातो स्यान्ट्रो म्याग्ना र सिल्भरको स्यान्ट्रो स्पोर्टस बजारमा ल्याएको हो । स्यान्ट्रो म्याग्नाको २४ लाख ९६ हजार र स्पोर्टसको २६ लाख ९६ हजार मूल्य तोकिएको छ भने ८० हजार छुट, १५ हजार÷१५ हजार एक्सचेन्ज बोनस र सम्पती बोनसको अफर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार