११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री ओलीसहित नेकपाका शिर्ष नेता सुदूरपश्चिम आउने



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरुको टोली सुदूरपश्चिममा आउने भएका छन् ।

तीन वटा सरकारी कार्यक्रम सहित नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु फागुन ७ गते सुदूरपश्चिम आउने भएका हुन् । अध्यक्षद्वयका साथमा महासचिव विष्णु पौडेल र पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल आउने नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले बताए ।
कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले फागुन ७ गते सहजपुर–विपिनगर–दिपायल कालोपत्रे सडक सिलान्यास र डडेल्धुरामा राष्ट्रिय ट्रान्समिशन लाईन उद्घाटन गर्ने कार्यक्रम छ । फागुन ८ गते  विहान ९ बजे सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने र ११ बजे धनगढीमा नेकपाको सुदूरपश्चिम प्रदेश भेला सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार