१५ चैत्र २०८०, बिहीबार

स्वाथ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु



चौमाला । स्थानीयपालिकाहरुलाई स्वास्थ्य कार्यक्रम वारेमा दुई दिने क्षमता अभिबृद्धी तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार चौमालामा शुरु भएको छ ।

पूर्व सामाजिक विकासमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्यका दीर्घबहादुर सोडारीले कार्यक्रम उद्घाटन गरेका छन् ।
सामाजिक विकास मन्त्रालय र गौरीगंगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट निर्बाचित जनप्रतिनीधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की, सिनियर अनमी पुष्पा जोशी र परिवार नियोजन निरीक्षक योगेश ओझा लगायतले कार्यक्रमको सहजीकरण गरेका छन् ।
उद्घाटन कार्यक्रम नगर प्रमुख भीम देउवाको अध्यक्षता भएको थियो । सो अवसरमा उपप्रमुख अञ्चला चौधरी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख कार्की, नगरपालिकाका प्रशासकीय अधिकृत हरिश पन्त, नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ईश्वरी भुषाल लगायतले वोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार