६ बैशाख २०८१, बिहीबार

प्रहरीद्वाराकञ्चनपुरमा १८ किलो सुन बरामद



धनगढी । कञ्चनपुरको भारतीय सीमान्त क्षेत्र पुनर्बास स्थित एक घर भित्र खाडलमा लुकाई राखेको अबस्थामा प्रहरीले बिहीबार १८ किलो सुन बरामद गरेको छ ।

जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका–२ स्थित दशरथबस्तीका शंकर बिकको घर भित्र खाल्डो भित्र लुकाई राखेको १८ किलो सुन प्रहरीले बरामद गरेको हो । केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सुदिप गिरीको नेतृत्वमा सिआइबी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलिले सुन बरामद गरेको थियो ।
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक ठूलो परिणाममा सुन बरामद गरिए पनि कहा“बाट ल्याइएको हो रहस्य खुल्न सकेको छैन । शंकर बिकको घरमा कसले कहा“बाट सुन ल्याइएको हो सो बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बमले बताए ।
तस्करी गरेर ल्याइएको उक्त १८ किलो सुन घरभित्र खाल्डो खनेर लुकाइएको अवस्थामा बरामद भएको अपराध महाशाखाका डिएसपी रुगम कुव“रले जानकारी दिए । घरभित्र खाल्डो खनेर माथिबाट आलुले छोपेर सुन राखिएको थियो । कालो कपडामा बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा सुन बरामद भएको उनले बताए ।

बिशेष सुचनाका आधारमा प्रहरीले ठूलो परिणाममा सुन बरामद गर्न सफलता पाए पनि अहिलेसम्म सुन काण्डमा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । १८ किलो सुन लुकाएर राखिएको घरका मुलि शंकर बिक प्रहरीले छापा मार्दा फरार भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक बमले बताए ।
प्रहरीले लक्ष्मण तीरुवालाई पक्राउ गरेको छ । तीरुवा बिकका ज्वाई रहेको समेत प्रहरीले बताएको छ । बरामद गरिएको सुन जिल्ला प्रहरी कार्यालय कंचनपुर ल्याइएको सुदुरपश्चिमका निमित्त प्रहरी प्रमुख एसएसपी बिक्रम चन्दले बताए ।
भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बास क्षेत्रबाट लागू औषध ओसारपसारका घटना सार्वजनिक हु“दै आए पनि प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार