१३ बैशाख २०८१, बिहीबार

ब्रेकिङ : कञ्चनपुरमा १८ किलो सुनसहित एक जना पक्राउ



धनगढी । नेपाल प्रहरीले कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ दशरथवस्तीबाट आज १८ किलो सुन बरामद गरेको छ ।

स्थानीय शंकर विश्वकर्माको घरभित्र जमिनमुनी खनेर राखिएको अवस्थमा सुन वरामद गरिएको हो । तर, प्रहरीले सुन बरामद भएको व्यक्ति र घर बारे बोल्न चाहेको छैन ।

कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले कैलाली, कञ्चनपुर, अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को संयुक्त टोलीले सुन बरामद गरेको बताए । १८ किलो सुनसँगै लक्ष्मण तिरुवालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार